२०८१, १३ बैशाख बिहीबार

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल


काठमाडौं, कात्तिक ७ : भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन।

सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो। तर, धर्मशाला नै होटेल बनेपछि महंगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन्। बिमस्टेक सम्मेलनका बेला नेपाल आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए। तर, एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको खबर नयाँ पत्रिका दैनिकमा छ।

कोष र बताससमूहबीच धर्मशाला सम्झौा भएको छ। धर्मशालामा सुलभ दरमा तीर्थालु तथा पर्टटक बस्ने सुविधा थियो, अब महँगो शुल्क तिर्ने मात्र बस्न पाउनेछन्। होटल तीनतारे बन्दै छ। १९ रोपनी क्षेत्रफलको धमैशालामा तीन सय ८८ कोठा थिए, तर अब सबै भत्काएर जम्मा ८० वटा बिलासी कोठा बनाइएको छ।

प्रकाशित मिति : २०७६, ७ कार्तिक बिहीबार  ७ : १३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने