२०८१, १४ बैशाख शुक्रबार

मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा

मेलम्ची खानेपानी प्रशोधन केन्द्रको काम अन्तिम चरणमा


काठमाडौँ, २७ असोज : मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्काे ट्याङ्की केही समयमै निर्माण सम्पन्न हुँदैछ ।

प्रशोधन केन्द्रको क्षमता आठ करोड ५० लाख लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र अर्काे एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधीन केन्द्रको ठेक्का सम्झौताको अवधि गत महीना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै आयोजनामा यसअघि काम गरेको कम्पनी (सिएमसी)ले छाडेर गएका कतिपय निर्माणका काम थप दिइएकाले तीन महीना अवधि थपिएको छ । “अबको दुई÷तीन महीनामा सबै काम सकिन्छ”, पन्तले भन्नुभयो । आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणमा ठेक्कामार्फत काम अघि बढाएको छ । सुरुङ निर्माण र हेडवर्क निर्माणका लागि सरकारले केही समय अघि मात्रै ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ९ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने