२०८१, २४ बैशाख सोमबार

पनौती नगरको विद्यार्थीलाई प्रोत्साहन, उत्कृष्टलाई नगदसहित सम्मान

पनौती नगरको विद्यार्थीलाई प्रोत्साहन, उत्कृष्टलाई नगदसहित सम्मान


पनौती, २३ भदौ : पनौती नगरपालिकाको शिक्षा शाखाले ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औंं अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आइतबार ५६ विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

शाखाले गत शैक्षिक सत्रमा एसइई परीक्षा र आरधारभूत तहको २०७५ मा उत्कृष्ट अङ्क ल्याउन सफल पनौती नगरपालिकाभित्रका सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल ११ विद्यार्थीलाई नगद रु पाँच हजारका दरले र आधारभूत तहमा उत्कृष्ट अङ्क ल्याउन सफल ४५ विद्यार्थीलाई प्राप्त अङ्कको आधारमा एक हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

सम्मान कार्यक्रममा नगरप्रमुख भीम न्यौपानेले आम विद्यार्थीको प्रोत्साहन स्वरुप सम्मान गरिएको बताएका थिए । “यो नगरको तर्फबाट गरिएको प्रोत्साहन कार्यक्रम हो, भोलिका दिनमा नगरले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि अझ थप योजना ल्याउनेछ”– नगर प्रमुख न्यौपानेले भने । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, कर्मचारी तथा जनप्रतिनिधिले सहभागिता जनाएका थिए ।
–––

प्रकाशित मिति : २०७६, २३ भाद्र सोमबार  ९ : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने