२०८१, २४ बैशाख सोमबार

भिमफेदीमा सुमो पल्टियो, तीनको मृत्यु ८ घाइते

भिमफेदीमा सुमो पल्टियो, तीनको मृत्यु ८ घाइते


हेटौंडा, २० भदौ : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीमा भएको टाटा सुमो पल्टिंदा मृत्यु हुनेको सख्या तीन पुगेको छ । घटनामा अन्य ८ जना घाईते भएका छन् । दुर्घटनामा एक जनाको घटना स्थलमानै मृत्यु भएको थियो भने अरु दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोतरी जिल्ला माईस्थान गाउँपालिका वडा नम्बर ६ वस्ने ७० बर्षीय बिरसिंह वाईवा, सर्लाही वरथवा नगरपालिका वडा नम्बर ३ वस्ने ६० बर्षीय महेन्द्र सहनी र सर्लाहीका एजना दश महिने शिसु समरागी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

हेटौंडा –काठमाण्डौ छोटो दुरीको मार्ग अन्तर्गत सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो दुर्घटनामा परेको थियो । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीबाट सुमो ५० मिटर तल झर्दा दुर्घटना भएको प्रतक्षदर्शीले बताएका छन् । घाईतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ८ : ५८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने