२०८१, २४ बैशाख सोमबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता


काठमाडौँ, २० भदौ: प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ । मिर्गाैलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत विशिष्ट व्यक्तिले स्वागत गर्नुभएको थियो ।


प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न केही दिनअघि सिङ्गापुर जानुभएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता वामदेव गौतम पनि आजै स्वदेश फर्कनुुभएको छ । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत जानुभएको थियो ।

प्रकाशित मिति : २०७६, २० भाद्र शुक्रबार  ५ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने