२०८१, २३ बैशाख आईतबार

प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन

प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन


लण्डन, १५ भदौ :  संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध देशभरी प्रदर्शन भएका छन् ।

राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी बेलायती छायाँ अर्थमन्त्री जोन म्याकडोनेलले संसद निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिनुभयो ।

संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वीतीयले चासो राख्नु भएको थियो । प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन् । प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आउनु भएको छ ।
उहाँले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद निलम्बनका लागि महारानी एलिजावेथ समक्ष पेश गर्नुभएको थियो । निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिनाकुनै सम्झौता युरोपेली संघ ९इयु०बाट बेलायत बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानुनहरू पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ ।

तर उहाँले भने ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गर्नुभएको छ । RSS

प्रकाशित मिति : २०७६, १५ भाद्र आईतबार  ४ : ४१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने