२०८१, १४ बैशाख शुक्रबार

बैरागी काइँलालाई जगदम्बा श्री, ‘रणहार’ का योगेशराजलाई मदन पुरस्कार

बैरागी काइँलालाई जगदम्बा श्री, ‘रणहार’ का योगेशराजलाई मदन पुरस्कार


काठमाडौँ, १ भदौ : मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृति हुने व्यक्तित्वको छनौट मदन पुरस्कार गुठीले गरेको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले २०७५ सालमा छापिएका पुस्तकहरु मध्येबाट योगेश राजलाई मदन पुरस्कार र कवि बैरागी काइँलालाई जगदम्बा श्री पुरस्कार दिने घोषणा गरेको हो ।

कवि बैरागी काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता साहित्यकार हुन् । कवि काइँलालाई लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्गमयलाई समृद्धशाली बनाउन उल्लेखनीय योगदान गरेबापत २०७५ को जगदम्बा–श्री दिइएको गुठीले जनाएको छ। यो पुरस्कार असोज १२ मा प्रदान गरिनेछ । पुरस्कारको रासी चार लाख रुपैयाँका रहेको छ ।

त्यसैगरी, गुठीले मदन पुरस्कारका लागि ऐतिहासिक उपन्यास ‘रणहार’ का लागि यसका लेखक योगेश राजलाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीमा प्राप्त २०७५ मा प्रकाशित दुई सय ५७ पुस्तकमध्ये ‘रणहार’ लाई उत्कृष्ट ठहराइएको हो । यसका लागि अन्तिम छनोटमा सात पुस्तकहरु छनौटमा परेका थिए । ती पुस्तकहरुमा ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘विचारको लाश’ र ‘रणहार’ रहेका थिए। असोज १२ मा नै दिइने यो पुरस्कारको रासी पनि चार लाख नै रहेको छ ।

२०१२ सालमा स्थापना भएको मदन पुरस्कारबाट पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई पुरस्कृत गरिएको थियो। जगदम्बा–श्री भने रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ सालबाट दिन थालिएको थियो ।

प्रकाशित मिति : २०७६, १ भाद्र आईतबार  ९ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने