२०८१, १३ बैशाख बिहीबार

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा


सुर्खेत, ३२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी जाँच गर्ने प्रहरीलाई घुस दिने युवकलाई आज पक्राउ गरेको छ ।सवारी जाँच गर्न ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक कमलबहादुर विकलाई घुस दिन खोज्ने वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत भूरेलीगाउँ निवासी १८ वर्षीय युवक जीवन रोकायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कुमाईचोकस्थित भे९प ३७४ नंको स्कुटी चालक रोकायसँग सवारी चालक अनुमतिपत्र मागिएको थियो । युवक रोकायले सवारी चालक अनुमतिपत्र नभएको कारण देखाउँदै प्रहरी सहायक निरीक्षक विकलाई आज अपराह्न ५ः०० बजे रु ५०० घुस दिएका थिए । सोही घुस दिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३२ श्रावण शनिबार  ८ : ४० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने