२०८१, १० बैशाख सोमबार

पूर्वप्रधानमन्त्रीकी छोरी पक्राउ

पूर्वप्रधानमन्त्रीकी छोरी पक्राउ


इस्लामावाद, २३ साउन : पाकिस्तानको विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरीलाई पक्राउ गरिएको छ ।भ्रष्टाचारविरोधी गतिविधि अनुगमन कार्यालयका अधिकारीहरुले मार्यम नवाज शरिफलाई बिहीबार पक्राउ गरेको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रष्टाचारको आरोपमा पक्राउ पर्ने मध्ये उहाँ पनि एक प्रभावशाली व्यक्ति हुनुहुन्छ । उहाँ इमरान खान नेतृत्वको सरकारले मुख्य लक्षित गरेका व्यक्तिमा पर्नुहुन्छ ।

पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष समेत रहेकी मार्यमलाई पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले पक्राउ गरेको हो । भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको जनाइएको छ ।

उहाँका बुवा नवाज भने गत सन् २०१८ देखि सात बर्षे सजाय भोग्न अहिले काराबासमै हुनुहुन्छ । नवाजलाई पनि भ्रष्टाचार सम्वन्धी अभियोग नै लगाइएको छ । उहाँ पाकिस्तानमा तीन पटक प्रधानमन्त्री हुनु भएको थियो । त्यसैगरी मार्यमको काका तथा पञ्जावका पूर्व मुख्यमन्त्री शाहबाज शरिफ पनि अहिले अनुसन्धानको दायरामा हुनुहुन्छ । उहाँका अन्य नातेदारहरुमाथि पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । रासस÷एएफपी

प्रकाशित मिति : २०७६, २३ श्रावण बिहीबार  ७ : २२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने