२०८१, २१ बैशाख शुक्रबार

पाँच वर्षीया बालिका बलात्कृत

पाँच वर्षीया बालिका बलात्कृत


 तनहुँ, साउन ३: व्यास नगरपालिका–७ पल्लो नरंगाकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको आरोपमा छिमेककै युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–१ मा घर भइ पल्लो नरंगामा बस्दै आएका १९ वर्षीय नवीन थापा रहेका छन्। बु

धबार साँझ खेल्दै गरेकी ती बालिकालाई बलात्कार गरेको आरोपमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार साथीसँग खेल्दै गरेकी बालिकालाई थापाले फकाएर मकै बारीमा लगी बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको केही समयपछि पीडित बालिकाले हजुरआमालाई भनेपछि आफन्तले घटनाबारे थाहा पाएका थिए। घटनाको जानकारी पाउनासाथ आफन्तले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बालिकाको दमौली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ८ : १० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने