२०८१, २१ बैशाख शुक्रबार

अब नाम मात्रैको नाग पोखरी

अब नाम मात्रैको नाग पोखरी


सुरज तामाङ– काभ्रे बेथानचोक ५ स्थित बन्दै गएको football मैदान यो ठाउँ लाई नागपोखरी भनेर चीनिन्छ तर अहिले यहाँ न नाग छ न त पोखरी नै बिस्तारै football मैदानमा परिणत हुँदै छ सायद यो ठाँउमा पनि समय सगै विकासले पनि फड्को मार्दै छ ।

सानो बेला नागपोखरीको बारेमा किम्बदन्ती कथाहरु प्रशस्त सुनेको थिए “नागपोखरीमा पहिला विशाल पोखरी थियो र यहाँ ठूलो हरियो घासे मैदान थियो जहाँ बस्तुहरु ,गाई,गोरु,भैंसी,बाख्राहरु चराउने गर्थ्यो तर पोखरीमा भने नाग थियो र नागले त्यो चरनमा आउने गाई,बस्तुहरुलाई खाई दिनि गर्थ्यो र अति गर्यो नागले भनेर त्येस बेलाको मान्छे हरुले गरुडलाई बोलाएर नाग सगं लडाई गरेको थियो र उक्त लडाईमा गरुडको बिजय भएको थियो र त्येस बेला देखि गाई,बस्तुहरुलाई खान छोड्यो भन्ने किम्बदन्ति सुनेको थिए कती सम्म सत्य हो या परि कथाको जस्तै कथा हो या ईतिहास नै हो भन्ने कुरा भने थाहा छैन।

पहिले यस ठाउँमा बिस्तारै मोटर बाटो बन्दै गर्दा साची नै यो ठाउँ प्रकृतीको एक वर्दान थियो बिस्तारै विकास हुँदै गयो बिजुली थिएन बिजुली बती पनि आयो मोटर गाडीहरु पनि आयो। मोटर गाडीहरु सहज रुपले आउन थाले पछि काठ काट्ने बेच्ने जस्तो क्रियाकलाप हरु बड्दै गयो। भएको पाको रुख हरुलाई काटेर बेच्ने र बृक्षा रोपण गर्नु पर्छ भन्ने ज्ञान भने कमै मानिसहरुमा मात्रै छ। फलस्वरुम यहाँ पाईने विभिन्न जङ्गली जनावारहरु पन्छीहरु बिस्तारै लोप हुनु थाल्यो प्रत्येक वर्ष पानीको मुहानहरु फुट्ने स्थानमा पनि पानी फुट्न छोड्यो कारण बढ्दो बन बिनाश तथा जलवायु परिवर्तन यसको एक प्रमाण हो सुकेको नागपोखरी ।

प्रत्येक महिना प्रेत्येक वर्ष पानीले भरि भराउ हुने पोखरीको आकार बिस्तारै घट्दै गयो अझ भनौ पानीको मुहान हरु फुट्नै छोड्यो।यस नागपोखरीमा जङ्गली जनावार देखि पन्छीहरुको पानी खाने अखडा जस्तै थियो एउटा जिउने आधार भएको पोखरी जस्तै थियो। ईतिहास जे जस्तो बोकेको भए पनि यो नागपोखरीले जङ्गली जीव जन्तु पशुपन्छीको जिवन बचाई रहेको थियो। जसरी हामी मानिसहरुलाई पानि चाहिन्छ पानी बिना हामी बाच्न सक्दैनौ त्येसरी नै पशुपन्छी हरुलाई नै पानीको आबश्यक पर्छ। नागपोखरीको उचित संरक्षण हुन सकेको भए यो पोखरी नै गौरबको ईतिहास बोकेको पोखरी हुन्थ्यो र अलि जोड दिएको भए पर्यट्कीय स्थल पनि बनाउन सकिन्थ्यो।

प्रत्येक वर्ष विकासको लागि भनेर बजेट छुटाईन्छ तर बजेट भने सहि ठाउँमा पुग्न सकेको छैन अझ भनौ सहि उपयोग नै गरेको छैन बजेटको।प्रत्येक घर गाउँ गाउँमा मोटर बाटो त पुगेको छ सहज त भएको छ तर प्रत्येक बर्खायाममा पहिरो जान्छ फेरि बजेट अर्को बजेट बजेट नै बजेट।यहाँ सम्म कि ब्यक्तीको घर घरमा आगँनमा रोड पुराउने काम समेत गरिएको छ ब्यक्तीगत स्वार्थ भनौ या आबश्यकता यसलाई? एक चोटि सोचौ त प्रत्येक वर्ष घरको आगँन आगँन सम्म मोटर बाटो लग्न खर्च गर्ने बजेट यस ठाउँको मुख्य मोटर बाटोमा खर्च गरेको भए खत्रा मोलेर बसको यात्रा गर्न पर्ने अबस्था भने पक्कै आउने थिएन।

हामिले कस्तो विकासको सिद्धान्तलाई लाई अपनाउदै छौ ? हामिले विकासको नाउँमा कतै ईतिहास बोकेको ऐतिहासिक ठाउँ हरुको बिनाश त गर्दै छैनौ ? अन्य रास्ट्रहरुमा वातावरण संरक्षण सहितको विकासको सिद्धान्तलाई अपनाउदै विकास दिगो गर्छ भने ईतिहासलाई संरक्षण गरि राख्छ तर हामी भने न त वातावरणको सरंक्षण गरेको छौ न त ईतिहास बोकेको स्थान को नै। काभ्रे बेथानचोक ५ स्थित बन्दै गएको नागपोखरीको अबस्था पनि त्येस्तै भएको छ फुटबल मैदान बन्दै गरेको छ स्वागत योग्य नै छ तर पनि दिगो योजना नहुदा ईतिहास बोकेको नागपोखरीको अस्तित्व मेटिएको छ। बेलैमा ईतिहास बोकेको अन्य ऐतिहासिक स्थनहरुको उचित संरक्षण भएन भने भोलि नागपोखरी को अबस्था जस्तै नआउला भन्न सकिदैन ।

यहाँको बुद्धिजीवी तथा राजनीतिमा लागि रहनु भएको अग्रज ब्याक्तित्व हरु सरकारवाला निकायहरुले बिशेष ध्यान दिनु पर्ने आबश्यक देखिन्छ हैन भने प्रकृतिको बर्दान, थुप्रै पौराणिक रहस्यले तथा ईतिहासले भरेको ऐतिहासिक क्षेत्र यो बेथानचोक बिस्तारै कुरुप अस्तित्व हिन बन्दै जानेछ भविष्यमा बेलैमा सचेत हुनु आबश्यक छ।

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ८ : ०८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने