२०८१, २१ बैशाख शुक्रबार

बस पल्टिँदा दुईको मृत्यु , १९ घाइते

बस पल्टिँदा दुईको मृत्यु , १९ घाइते


उर्लाबारी, २ साउन: मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिँदा बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

वतन नखुलेको पुरुष घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह–चालकको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइते पाँच जनाको न्यूरो अस्पताल विराटनगरमा, आठ जनाको मोरङ डाइनेष्टिक अस्पताल पथरीमा र छ जनाको पथरी अस्पताल पथरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : २०७६, २ श्रावण बिहीबार  ५ : ३८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने