२०८१, २२ बैशाख शनिबार

बाघलाई बोरिङको पानी

बाघलाई बोरिङको पानी



नेपालगन्ज , फागुन २१ : विश्वमै लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा पाँच गुणा वृद्धि भएको छ । असोज ७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याकंमा बाँकेमा बाघको संख्या २१ पुगेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् ।

निकुञ्जमा पाटेबाघ वृद्धिमा अहिले पानी बाधक बनेको छ । वर्षातको समयमा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा हुने भए पनि हिउँदमा भने वन्यजन्तुका लागि पानी अभाव हुने गरेको छ ।

निकुञ्जको पूर्वीभेगमा सुख्खा क्षेत्र बढी भएकाले वनस्पति पनि सुक्ने गरेका छन् । डिप बोरिङ गाड्न सके निकुञ्जमा डढेलो नियन्त्रण गर्न मद्दत पुग्नेछ । बाघको आहारका रुपमा रहेका मृग, चौका, बँदेलका लागि पनि पानी र चरिचरनको समस्या छ । पानी र घाँसेमैदानको व्यवस्था गरेर निकुञ्जले त्यसको उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । पानीको वैकल्पिक व्यवस्थाका लागि कृत्रिम पोखरी खन्न यस वर्ष मात्रै एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७५, २१ फाल्गुन मंगलबार  ७ : ५४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने