२०८१, १ माघ मंगलबार

काठमाडौं महानगरका कर्मचारीलाई डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खाना

काठमाडौं महानगरका कर्मचारीलाई डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खाना


काठमाडौं महानगरका कर्मचारीलाई डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खानाकाठमाडौँ, फागुन ६ : फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटक पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ ।

भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ हजार ५ सय रुपैयाँ खर्च भएको थियो । यसमा इन्धन खर्च समावेश छैन । जाँदा आउँदा महानगरकै सवारी प्रयोग हुने गरेको छ । इन्धन खर्च मेकानिकल शाखाले बेहोर्ने महानगरले जनाएको छ । कार्यभार सम्हालेको दुई महिनामा महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ मात्रै ५ पटम सिसडोल गइसकेका छन् । कहिले जनप्रतिनिधि त कहिले प्राविधिक टोली लिएर गएको उनले बताए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : १८ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज