२०८१, २९ पुस सोमबार

केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चाँडै, ३ सय अर्ब लागत अनुमान

केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चाँडै, ३ सय अर्ब लागत अनुमान


काठमाडौँ, फागुन ६ : केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रिया विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को चरणमा प्रवेश गरेको छ । त्यसका लागि दुई देशका अधिकारीबीच वार्ता प्रक्रिया थालनी भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।

उनका अनुसार दुई देशका अधिकारीबीच २०७६ असारसम्म चीनमा तेस्रो वार्ता हुनेछ । यसअघि पहिलो वार्ता चीन र दोस्रो वार्ता मंसिरमा नेपालमा भइसकेको छ । अब हुने वार्ताको मुख्य एजेन्डा नै केरुङ काठमाडौँ रेलमार्ग हुनेछ । नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले गर्नेछन् ।

सम्भाव्यता अध्ययनले काठमाडौँदेखि केरुङसम्मको लम्बाइ ७२ किलोमिटर रहने देखाएको छ । त्यसका लागि २८० देखि ३०० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनले देखाएको छ । नेपालमा रेलमार्ग विकासबारे स्थलगत अध्ययन भ्रमण गर्न २०७४ कात्तिकमा नेपाल आएको चिनियाँ रेल्वे प्रशासनका उच्च तहका अधिकारीले २८० र्अ लाग्ने अनुमान गरेका थिए ।

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : १४ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज