दाङ, २४ माघ : घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना५ख ५५२९ नंको बस र बुटवलबाट दाङतर्फ आउँदै गरेको बा१८च ६८३६ नंको कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
घोराही–लमही सडक खण्डको चिसापानीमा भएको दुर्घटनामा परी बसमा सवार रुकुम मुसिकोट–२ का रमिता शर्माको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । सो दुर्घटनामा परी प्रदेश नं ५ का प्रदेससभा सदस्य उत्तरकुमार वली गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर लगिएको छ । घाइते अन्यको लमहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस
प्रतिक्रिया