२०८१, १ माघ मंगलबार

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?

मौसम पूर्वानुमानः तीनदिनसम्म देशभर वर्षा, कुन दिन कस्तो मौसम ?


काठमाडौँ, माघ २४: मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्यो,’ मौसमविद् सुवास रिमालले भने, ‘हिँउदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिमी नेपालमा मध्यम वर्षा भएको मौसमविद् सुवास रिमालले बताए । बिहिबार काठमाडौँ उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने । पश्चिमी हिमाली क्षेत्रमा एक दुई स्थानमा हिमपात हुन सक्ने । बिहिबारबाटै वर्षा सुरु भई शुक्रबारसम्म रहने प्रक्षेपण छ ।

प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार  ६ : ५३ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज