२०८१, १२ श्रावण शनिबार

काठमाडौँमा चोरी गर्ने १२४ पक्राउ

काठमाडौँमा चोरी गर्ने १२४ पक्राउ


काठमाडौँ, १८ माघ : महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरुलाई पक्राउ गरी कारवाही गरिएको हो । परिसर र महाशाखाले आज पत्रकार सम्मेलन गरी विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई रङ्गेहात पक्राउ गरी कारवाही गरेको जानकारी दिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिनुभयो । “अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ”,उहाँले भन्नुभयो । साथीभाईको संगत, विगतको घरमा बसेर विगतको घरबेटीको बारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्याक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताउनुभयो । “प्रहरीले शुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ”,उहाँले भन्नुभयो । परिसर र महाशाखाको टोलीले हिजो र आजमात्र बानेश्वरबाट १७, महाराजगञ्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट नौलाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ । दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन् । यस्तै तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : २६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्