२०८१, २९ पुस सोमबार

पारसलाई भेटेर पूर्वरानी कोमल सिमरा फिर्ता, हिमानी नेपाल आइनन्

पारसलाई भेटेर पूर्वरानी कोमल सिमरा फिर्ता, हिमानी नेपाल आइनन्


काठमाडौँ,माघ १७ : छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन काठमाडौँ आउनुभएकी पूर्वरानी कोमल शाह सिमरा फर्कनुभएको छ । ३ दिनअघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएपछि उहाँ बुधबार दिउँसो सिमरा फर्कनुभएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना र प्रभु शमशेरकी पत्नी राजी शमशेर राणाका साथमा काठमाडौँ आउनुभएकी उहाँ ४ बजे बुद्ध एयरको जहाजबाट सिमरा जानुभएको हो ।

कोमलको कारगेट बुधबार बिहानै सिमरा हिँडेको थियो । अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहनुभएकी पारसपत्नी हिमानी भने नेपाल फर्कनुभएको छैन ।

प्रकाशित मिति : २०७५, १७ माघ बिहीबार  ७ : ५१ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज