२०८१, १२ श्रावण शनिबार

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउछु : सांसद बस्नेत

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाउछु : सांसद बस्नेत


भक्तपुर, १६ माघ : प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई सुशासन र भ्रष्टाचारमुक्त जिल्ला बनाइने बताउनुभएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले आज यहाँ आयोजना गरेको ‘पारस्परिक जवाफदेहिताका साथ नागरिक समाज’ विषयक साझा सभामा पूर्वउद्योगमन्त्री बस्नेतले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाएर छाड्ने बताउँदै प्रत्येक भ्रष्टाचार बढी हुने कार्यालयलाई विशेष फोकस गरेर डेक्स नै राखेर भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरिने बताउनुभयो ।

मनोहरा नदी उकासको नाममा ५८ रोपनी, हनुमन्तेमा विमली उपाध्यायको नाममा ६४ रोपनी जग्गा, दक्षिण बाराहीको वन, बोडेको कमल पोखरी, सरस्वतीखेल बसपार्कको जग्गा र रानीकोटमा १३ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएकाले सो जग्गा खोसिने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कपिल काफ्ले, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सोम बजगाईं, नेपाल पत्रकार महासङ्घका अध्यक्ष पुष्करराज बुढाथोकी, नेपानका स्रोत व्यक्ति गोविन्दराज पौडेल, जिल्ला समन्वय समितिका सदस्य गीता सुवेदीलगायतले समाजलाई शुद्ध र सुशासनयुक्त बनाउन नागरिक समाजको सक्रिय सहभागिता र सहयोग रहनुपर्नेमा जोड दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ माघ बुधबार  ७ : ४० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्