२०८१, २९ पुस सोमबार

बस र ट्रक ठोक्किदा २१ घाइते

बस र ट्रक ठोक्किदा २१ घाइते


लमही, १५ माघ: दाङमा सवारी दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । लमही नगरपालिका–९ रिहार नजिकै आज यात्रुवहाक बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकामध्ये नौ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ, भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १२८२ नम्बरको ट्रक ठोक्किदा ट्रक चालक र बस चालक गम्भीर घाइते रहेका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । बसको लापरवाहीका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ९ : २० बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज