२०८१, ५ माघ शनिबार

पत्नी बलात्कार आरोपमा आफ्नै पति पक्राउ

पत्नी बलात्कार आरोपमा आफ्नै पति पक्राउ


भक्तपुर, १५ माघ : पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

यही माघ ४ गते आफ्नै पतिले जबर्जस्ती बलात्कार गरेको भन्दै श्रीमतीले यही माघ ६ गते जोहेरी दिएपछि सोही दिन प्रसूति गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रहरीले वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी राखेको प्रनाउ केसीले जानकारी दिनुभयो ।

भक्तपुरमा वैवाहिक बलात्कारको घटनामा उजुरी आएको यो दोस्रो घटना भएको प्रहरी उपरीक्षक हिमालय केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गत जेठ २३ गते सूर्यविनायक नगरपालिका–७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत २०७३ भदौदेखि २०७४ साल चैत २ गतेसम्म पतिले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् । आफ्ना पति उदयपुर त्रियुगा नगरपालिका–१ का ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरे पनि हालसम्म फरार रहेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ७ : ५५ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन