२०८१, १२ श्रावण शनिबार

पहिलो पञ्चवर्षीय योजना ल्याउँदैछौँ : मन्त्री बोहरा

पहिलो पञ्चवर्षीय योजना ल्याउँदैछौँ : मन्त्री बोहरा


कञ्चनपुर, १५ माघ: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवामा सबैको पहुँच पु¥याउन पहिलो पञ्चवर्षीय योजना ल्याउन लागेको बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिकामा रहेको श्रीकृष्ण बैजनाथ बहुमुखी क्याम्पसको आज पाँचौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशलाई शिक्षित प्रदेशका रुपमा विकसित गर्नका लागि उच्च महत्वका साथ कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

प्रदेश सरकारले २० वटा कानून र त्यही सङ्ख्यामा कार्यविधि बनाएर पारित गरेको छ मन्त्री बोहराले भन्नुभयो, “चार वटा कानूनलाई अन्तिम स्वीकृति दिने अवस्थामा पु¥याएका छौँ । अन्य कानूनको खाका तयार गर्ने कार्य भइरहेको छ ।” प्रदेशलाई खाद्यान्न आपूर्तिमा सहजता ल्याउन रु ५० करोडको लागतमा खाद्य संस्थान स्थापना गर्ने, जल बोर्ड स्थापना गर्ने, जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, नौ वटै जिल्लामा यातायात परिवहन सेवा सञ्चालन गर्ने, नागरिकता र शैक्षिक प्रमाणपत्र धितोका आधारमा स्वरोजगार कोषका माध्यमबाट ऋण उपलब्ध गराउने, तल्लो चमेलिया जलविद्युत् आयोजनाको कार्य प्रदेश सरकारले गर्ने गरी योजना अघि सारिएको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य लालबहादुर खड्का र श्यामलाल रानाले कृषि, जडीबुटी र जलविद्युत्को विकास गर्नसके प्रदेश आत्मनिर्भर बन्न सक्ने भएकाले यसमा सबैको जोड हुनुपर्ने धारणा राख्नुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले शिक्षाको गुणस्तरमा सुधार ल्याउन जोड दिइएको बताउनुभयो । साधारणसभामा क्याम्पस प्रमुख गणेशबहादुर ऐरले क्याम्पसमा भएका गतिविधि र आव २०७४÷७५ को रु ८२ लाख ४१ हजार १६९ को आयव्ययको विवरण पेश गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ७ : २७ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्