२०८१, १ माघ मंगलबार

आफ्नै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला

आफ्नै घरभित्र अर्धनग्न अवस्थामा किशोरीको शव फेला


लहान, १५ माघ : अर्धनग्न अवस्थामा सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीकी एक किशोरीको शव आफ्नै घरभित्र भेटिएपछि प्रहरीले मृतकका बाबुलाई पक्राउ गरेको छ । सप्तरीको बलानबिहुल गाउँपालिका–४ की १६ वर्षीया सरिताकुमारी बडहीको शव अर्धनग्न अवस्थामा आफ्नै घरमा भेटिएपछि प्रहरीले मृतकका बबु तुरुन्तीलाल बडहीलाई पक्राउ गरेको हो । सरिताको शव गएराति अर्धनग्न अवस्थामा आफ्नै घरभित्र फेला पारेको जनाएको छ ।

घरको भित्रबाट चुकुल नलागेको, शव अर्धनग्न अवस्थामा रहेको र मृतकको शरीरको केही भागमा चोटपटक तथा गालामा दाँतले टोकेको जस्तो दागसमेत देखिएकाले घटना शङ्कास्पद लागेकाले मृतकका पिता तुरन्तीलाललाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । शव भित्ता छेउमा खाटमुनि लडेको र मृतकका बाबु घरबाहिर बरण्डामा सुतिरहेको तथा मृतककी आमासमेत फरार रहेकाले घटना थप रहस्यमय भएको स्थानीयवासीले आशङ्का गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ६ : २२ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज