२०८१, १२ श्रावण शनिबार

‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु

‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु


काठमाडौँ, ११ माघ: पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनियरीङ’ विषयमा अध्ययनरत विद्यार्थीको आयोजनामा आजदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु भएको छ ।

नेपालमा ‘मेकनिकल इञ्जिनियरीङ’ क्षेत्रमा विकास भएका प्रविधिका बारेमा विद्यार्थी र सर्वसाधारणलाई जानकारी दिन सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बिसीले गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले विद्यार्र्थीलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विज्ञान र प्रविधि विकासका क्षेत्रमा लाग्ने युवालाई उत्साहित गर्न थप कार्यक्रम ल्याउने मन्त्रालयको योजना छ ।” तीन दिनसम्म चल्ने सो प्रदशर्नीमा विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थीलाई सहभागी गराउने उद्देश्य रहेको समाजका अध्यक्ष विकास कुँवरले बताउनुभयो । प्रदर्शनीमा ५० कक्ष छन् । आइतबारसम्म चल्ने सो प्रदर्शनीमा काठमाडौँ उपत्यका तथा बाहिरका इञ्जिनियरीङ विषयका विद्यार्थीको सहभागिता रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ९ : ०२ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्