२०८१, १२ श्रावण शनिबार

‘निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव’ :मुख्यमन्त्री राई

‘निजी क्षेत्रसँग सहकार्यविना विकास र समृद्धि असम्भव’ :मुख्यमन्त्री राई


बनियानी, ११ माघ: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रसँगको सहकार्यविना मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो, “अर्थतन्त्रको तीन खम्बामध्ये निजी क्षेत्र महत्वपूर्ण हो, निजी क्षेत्रसँग सहकार्य नगरी मुलुकको आर्थिक विकास सम्भव छैन ।”

निजी क्षेत्रलाई सहकार्यका लागि प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममै आह्वान गरेको उहाँले बताउनुभयो । समृद्धिको यात्रामा सहकार्यका लागि निजी क्षेत्रलाई प्रदेश सरकारले लगानीको वातावरण निर्माण र सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री राईको भनाइ थियो । “ढुक्क र उच्च मनोबलका साथ सरकारसँग सहकार्य गर्न म निजी क्षेत्रलाई आह्वान गर्छु”, उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको छ ।” ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई औपचारिकतामा परिणत गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । मुलुकले लामो राजनीतिक आन्दोलनको कालखण्ड पूरा गरिसकेकाले अब आर्थिक क्रान्तिको पालो भएको राईले बताउनुभयो ।

प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले ताप्लेजुङको ओलाङ्चुङगोलादेखि झापाको कचनकवलसम्म सडक खन्ने कामलाई तीव्रता दिएको बताउनुभयो । “बङ्गलादेश, भारत लगायतका देशसँग व्यापार गर्न सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो । सो अवसरमा भद्रपुर विमानस्थलका प्रमुख पूर्णप्रसाद चुँडाल, शारीरिक सुगठनका खेलाडी राम दाहाल, तेक्वान्दो खेलाडी दीपेन धिमाल तथा याङ्किला राईलाई सम्मान गरिएको थियो । आजदेखि शुरु भएको महोत्सव माघ २३ गतेसम्म चल्नेछ । महोत्सवमा मुलुकका विभिन्न स्थानका उत्पादनका साथै भारत, बङ्गालादेश र पाकिस्तानका उत्पादनका २२० कक्ष राखिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : २१ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्