२०८१, १२ श्रावण शनिबार

बाँदर नियन्त्रणका लागि गाउँपालिकाले छुट्यायो रु पाँच लाख

बाँदर नियन्त्रणका लागि गाउँपालिकाले छुट्यायो रु पाँच लाख


मेलम्ची, ११ माघ: सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो ।

वन्यजन्तुलाई कानून विपरीत मार्ने भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जङ्गलमानै कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दा समेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो ।

वडा नं– ३ धुस्कुनबाट शुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेष गरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले जानकारी दिनुभयो । बाँदर नियन्त्रणका लागि सो विनियोजित बजेटको प्रयोग गरी किसाान बाँदरको दुःखबाटमुक्त हुने विश्वास लिइएको छ ।
रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : ०० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्