२०८१, १२ श्रावण शनिबार

तुलसीपुरमा युरिया मल अभाव

तुलसीपुरमा युरिया मल अभाव


तुलसीपुर, १० माघ : जिल्लामा रासायनिक युरिया मलको अभाव भएको छ । गहुँमा मल हाल्ने मौसमका बेलामा दाङमा कृषकले युरिया मल पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडले उपलब्ध गराउँदै आएको मल जिल्लामा एक महीनादेखि अभाव रहेको हो ।

लिमिटेड तुलसीपुर शाखाका प्रमुख तीर्थ न्यौपानेले जिल्लामा एक महीनादेखि मलको अभाव रहेको जानकारी दिनुभयो । तुलसीपुर, घोराही, देउखुरी गरी जिल्लामा सात सय टन मल आवश्यक पर्ने उहाँको भनाइ थियो । बुटवलदेखि पश्चिमका कुनै पनि जिल्लामा उक्त मल नभएको बताइएको छ । “जिल्लामा क्षेत्रीय कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवाबाट मल आउने गरे पनि भैरहवामा पनि मल नभएको र मल कहिले आउने भन्ने यकिन हुन सकेको छैन”, प्रमुख न्यौपानेले भन्नुभयो ।

“खेतमा गहुँ पहेँलै भएको छ, गहुँमा अव रासायनिक मल युरिया हाल्नुपर्नेछ, प्रकृतिले भने किसानलाई राहत दिएको छ तर युरिया छैन”, किसान प्रकाश खड्काले भन्नुभयो । किसान भने गहुँखेतीका लागि युरिया मल खोज्न भौतारिएका छन् । “पानी परेको थियो, यस वर्ष गहुँमा पानी सिँचाइ गर्नुपर्ने समस्या टरेको थियो तर रासायनिक युरिया मल बजारभरि छैन”, अर्का किसान राजु चौधरीले भन्नुभयो ।

हिउँदे खेती गहुँमा मल हाल्ने मौसममा मल नपाउँदा किसान उत्पादन घट्ने चिन्तामा छन् । किसानका लागि आवश्यकताअनुसारको मल उपलब्ध गराउन आफूहरु लागे पनि नेपालमा भारतको कोलकाताबाट मल नआएकाले समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख न्यौपानेले बताउनुभयो । जिल्लामा डिएपी मल भने प्राप्त भएको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ८ : ५३ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय