२०८१, ७ कार्तिक बुधबार

लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ


काठमाडौँ, ८ माघ: प्रहरीले नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले नागढुङ्गा चेकपोष्टमा गाडी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा पोखरीया नगरपालिका–४ का १८ वर्षीय अभिनाश यादव, गोकर्णेश्वर नगरपालिका–७ का २२ वर्षीय विजय भारती, काठमाडाँै बूढानीलकण्ठ नगरपालिकाका २१ वर्षीय सुदिप ठकुरी र २४ वर्षीय राजु गिरी रहेका छन् ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६५४४ नं को बसलाई जाँच गर्ने क्रममा पक्राउ परेका यादवको साथबाट अवैध लागुऔषध डाइजेपाम १०० एम्पुल, फेनरागन १०० एम्पुल र नुर्फिन १०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८३२३ नं को यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा बिहान पक्राउ परेका भारतीको साथबाट नाईट्राभेट १५० ट्याबलेट तथा ठकुरी र गिरीको साथबाट डाईजेपाम, फेनरागन र नुर्फिन गरी ७५ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ६ : ०६ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि