२०८१, १२ श्रावण शनिबार

‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’ :प्रहरी प्रवक्ता सुवेदी

‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’ :प्रहरी प्रवक्ता सुवेदी


काठमाडौँ, ८ माघ : नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न हतार छ,”–उहाँले भन्नुभयो ।

उहाँले समाजमा पेशेवर अपराध, गुण्डागर्दी, प्राकृतिक स्रोत साधन दोहन गर्ने समूह घटेपनि सामाजिक विकृतिका घटना बढेको बताउनुभयो । प्रवक्ता सुवेदीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन ७४७ स्थानीय तहमा समझदारी भइसकेको र १० हजार विभिन्न समिति निर्माण भइसकेका स्पष्ट पार्नुभयो ।
उहाँले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेपछि एक हजार १५० फरार अपराधी पत्ता लाग्नुका साथै १५० थान अवैध हातहतियार बरामद गरिएको बताउनुभयो । प्रहरीले बलात्कारका घटनामा ९७ प्रतिशतसम्म सफल अनुसन्धान गरिसकेको उहाँको भनाइ छ ।

प्रवक्ता सुवेदीले रामबहादुर बम्जनको आश्रमबाट पाँच जना बेपत्ता भएको घटनाबारे प्रहरीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले ३३ किलो सुन प्रकरणपछि अवैध सुन समात्ने क्रम बढेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ माघ मंगलबार  ५ : ५६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्