२०८१, ६ कार्तिक मंगलबार

मोटरसाइकल र स्कुटर जुझ्दा एकको मृत्यु, दुई घाइते

मोटरसाइकल र स्कुटर जुझ्दा एकको मृत्यु, दुई घाइते


दमौली, ५ माघ: पृथ्वीराजमार्गअन्तर्गत तनहँुको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार साँझ मोटरसाइकल र स्कुटर जुझ्दा मोटरसाइकल चालकको मृत्यु भएको अन्य दुई घाइते भएका छन् ।

सो दुर्घटनामा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–३ एक्लेफाँटका २३ वर्षीय निकेश गुरुङको उपचारका क्रममा मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २४ वर्षीय बुद्धिबहादुर गुरुङ र स्कुटर चालक आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटका २० वर्षीय नवीन थापा घाइते भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१५प २५६३ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१३प ४१६४ नंको स्कुटर जुझ्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका निकेशको उपचारको क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको हो । घाइतेद्वयको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : ३३ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि