नुवाकोट, २ माघ: बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको बेलामा बलात्कार गरेको जिल्ला प्रहरी कार्यायमा पीडितकी आमाले उजुरी दिनुभएको छ । उजुरीपछि थापालाई पक्राउ गरी हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।
-रासस
प्रतिक्रिया