२०८१, १४ बैशाख शुक्रबार

हरिशङ्कर मन्दिर निर्माण आगामी वर्षसम्म

हरिशङ्कर मन्दिर निर्माण आगामी वर्षसम्म


ललितपुर १ माघ : पाटन दरबार क्षेत्रमा रहेका महत्वपूर्ण स्मारकमध्ये एक हरिशङ्कर मन्दिरको निर्माण आगामी वर्षसम्म सम्पन्न हुने भएको छ ।

मन्दिरको तल्लो तलामा काम सकिएको र माथिल्लो तलामा काम धमाधम भइरहेकाले एक वर्षमा सम्पन्न हुने पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । भूकम्पको एक वर्षपछि पाटन दरबार क्षेत्रका अरु स्मारकसँगै यस मन्दिरको पुनःनिर्माण शुरु भएको कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।

भूकम्पका कारण मन्दिर पूर्ण रुपले क्षतिग्रस्त बनेको थियो । तीनतले मन्दिरको निर्माणमा अधिकांश पुरानै सामग्री प्रयोग भइरहेको छ । काठमाडौँ उपत्यका संरक्षण कोष ९केभिपिटी० ले यहाँका १२ स्मारकको पुनःनिर्माण गरिरहेकामा हरिशङ्कर मन्दिर पनि एक हो । उहाँले भन्नुभयो, “यसअघि १० स्मारक सम्पन्न भइसक्यो भने यो मन्दिर र चार नारायण मन्दिरको काम भइरहेको छ ।”

हिन्दू धर्ममा हरिशङ्कर भन्नाले आधा शिव र आधा विष्णुको स्वरुप मानिन्छ । यो मन्दिरको निर्माण यहाँका अरु धेरै स्मारकजस्तै १८औँ शताब्दीमा भएको थियो । पाटनका मल्ल राजा योग नरेन्द्र मल्लको छोरीले यो मन्दिर निर्माण गर्न लगाएको इतिहास पाइन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस ठाउँमा केभिपिटीले गरेका काम एकपछि अर्को सम्पन्न भए पनि गुठी संस्थानले ठेकेदारमार्फत गरिरहेको कामले गति लिन सकेको छैन ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ४ : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने