२०८१, ६ कार्तिक मंगलबार

नेता खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

नेता खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता


काठमाडौँ १ माघ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

आज बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उहाँका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उक्त भेटमा मुलुकमा विकसित पछिल्लो राजनीतिक अवस्था र नेपालको कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे छलफल भएको स्वकीय–सचिव भट्टराईले बताउनुभयो ।

भेटमा दुई देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो । भेटघाटमा पार्टीका केन्द्रीय विदेश विभागका हु ववेन, यु आलगायतका नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ४ : ०४ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि