Logo

उद्यमशीलताबाट मात्रै समृद्धि – अध्यक्ष तिमिल्सिना



पर्वत, २८ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्यमशीलताले मात्रै समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको ३६औँ साधारणसभामा उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्रै रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने हुँदा यसको विकासमा सम्बन्धीत सबै पक्ष सक्रियताका साथ लाग्नुपर्छ ।”

“देश विकासको नयाँ युगमा प्रवेश गर्दैछ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “देश विकासका लागि हरेक क्षेत्रमा उद्यमशीलतको विकास हुन जरुरी छ ।”उहाँले सङ्घीय संसद्ले फागुन २१ सम्म सबै कानून निर्माणको काम सक्ने उल्लेख गर्दै ऐन बनेपछि सबै क्षेत्रमा काम गर्न सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका ८५ वटै तहमा औद्योगिक ग्राम बनाउने तयारी भएको बताउँदै उद्योगमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

पोखरापछि पर्यटनको इपी सेन्टरका रुपमा पर्वतको कुस्मालाई विकास गर्ने लक्ष्य लिइएको र पोखरा आउने पर्यटकलाई पर्वतसम्म आउने वातावरण बनाउन सरकारले ठूला योजना बनाउँदै गरेको पनि उहाँले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य पद्म गिरीले सरकारले आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेगरी काम गरिरहेको हुँदा विरोधीले दुई÷चार दिन गर्ने हल्लाको कुनै औचित्य हुँदैन भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने गरी नीति तथा कार्यक्रम ल्याउन आग्रह गर्दै गण्डकी प्रदेशमा ठूला उद्योग सञ्चालन गर्न निजी क्षेत्र इच्छुक रहेकाले त्यसका लागि वातावरण बनाउन सबै तहका सरकारले काम गर्नुपर्छ भन्नुभयो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार