२०८१, १२ श्रावण शनिबार

माघी पर्वमा सार्वजनिक बिदा

माघी पर्वमा सार्वजनिक बिदा


सुर्खेत, २५ पुस: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ । नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर सकराती मेलालाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताउनुभएको हो । उहाँले आन्दोलनको बलबाट प्राप्त संविधानले नै सबै वर्ग–समुदायको हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।

“अब अधिकारको लडाइँ सकियो, यदि कतै असन्तुष्टि भए शान्तिपूर्ण वार्ताबाटै निकास सम्भव छ”, उहाँले भन्नुभयो, “आन्दोलन गरेर समय खेर कसैल नफालौँ, सबै आर्थिक विकासतर्फ केन्द्रित हुनु आवश्यक छ ।” मुख्यमन्त्री शाहीले मुलुकमा सुशासन र विकासका लागि सबै जातजाति, भाषा, धर्म, समुदाय एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री दल रावलले मगर बाहुल्य बस्तीका विद्यालयमा भाषा पाठशाला तथा मगर सङ्ग्रहालय स्थापना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । सो मेलालाई प्रदेश उपसभामुख पुष्पा घर्ती विष्ट, प्रदेशसभा सदस्य पद्मा खड्का, अमृता विसी, विन्दमान विष्ट, नगर प्रमुख देवकुमार सुवेदी लगायतले सम्बोधन गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ९ : ०६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्