Logo

कृषि तथा पशुपालनमा अनुदान दिइने



राँझा, २३ पुस : प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि तथा पशुपालनमा किसानलाई आवश्यक अनुदानको व्यवस्था गरिने बताउनुभएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटामा रहेको उत्तमपुर गौशालामा आज आयोजित कृषक भेटघाट कार्यक्रममा उहाँले आर्थिक समृद्धि र सुखी जीवनको कल्पना कृषि तथा पशुपालनबाटै सम्भव भएकाले आवश्यक सहयोग गर्न प्रदेश सरकार योजनासहित लागेको जानकारी गराउनुभयो ।

मागका आधारमा किसानलाई गोठ र खेतबारीमै पुगेर व्यावहारिक तालीम दिइने मन्त्री पौडेलले उल्लेख बताउनुभयो । उहाँसँग नरैनापुर, कालाफाँटा र मटेहियाका किसानले कृषिका लागि सिँचाइमा प्रयोग हुने बोरिङलगायत उपकरण तथा पशुपालमा अनुदान दिन माग गरेका थिए ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार