Logo

पेट्रोलियम पदार्थको मूल्य फेरि घट्यो, यस्तो छ नया मूल्य



काठमाडौँ, १८ पुस: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । यससँगै, अब पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९५ सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुन: कमी आएकाले मूल्य समायोजन गरिएको निगमका निर्देशक एवं प्रवक्ता गोइतले बताउनुभयो । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । हाल कच्चा तेलको मूल्य अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ ।

यो मूल्य समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ । विगतका केही महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको थियो ।

चालू आर्थिक वर्षको विगतमा केही महिनाको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउँदा अझै करीब २ अर्ब ३७ करोड रुपैयाँ घाटा पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनमा निगमलाई नाफा भएपनि एलपी ग्यासमा प्रति सिलिण्डर ८० रुपैयाँ ७९ पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार