२०८१, ६ कार्तिक मंगलबार

सोनम ल्होसार मनाउन तेमाल र रोशीमा तीन दिन सार्वजनिक बिदा

सोनम ल्होसार मनाउन तेमाल र रोशीमा तीन दिन सार्वजनिक बिदा


काभ्रेपलाञ्चोक, १६ पुस: तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएका हौँ ।”

उहाँका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ । अध्यक्ष लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा ल्होसार पर्वमा सार्वजनिक विदा दिएको बताउनुभयो । नेपाल सरकारले यस वर्षदेखि विभिन्न ल्होसार पर्वको बिदा कटौती गरेको थियो ।

तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले यो गाउँपालिकामा ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेको र तामाङ समुदायले सोनम ल्होसारलाई आफ्नो मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले उक्त दिन बिदा दिइएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ७ : ४१ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि