Logo

अस्पतालमा सुत्केरी हुनेलाई झोला र कम्बल



जुम्ला, १६ पुस: अस्पतालमा सुरक्षितरुपमा सुत्केरी हुने आमालाई प्रोत्साहनस्वरुप न्यानो झोला र कम्बल उपलब्ध गराइएको छ । चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि न्यानो झोला र कम्बल उपलव्ध गराएको हो ।

नगर प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीलाई सुरक्षित मातृत्वको सामग्री हस्तान्तरण गर्नुभएको हो । उहाँका अनुसार २५० थान न्यानो झोला र २५० थान कम्बल उपलब्ध गराइएको हो । सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा आउनका लागि प्रेरित गराउने उदेश्यले उक्त कामको थालनी गरिएको प्रमुख सेजुवालले बताउनुभयो । “अहिले नगरपालिका क्षेत्रका ३२ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउने गरेको तथ्याङ्कमा देखिएको छ”, उहाँले भन्नुभयो, “अब शतप्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी गराउन आउनुपर्ने अवस्थाको सिर्जना गर्दैछौँ ।”

अहिलेसम्म नगरपालिकाबाट प्रविधितर्फ रु तीन लाख र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाको यातायात खर्चका लागि रु ३० लाख उपलव्ध गराइसकिएको छ । पहिलो गर्भ जाँचदेखि सुत्केरी भएको ४२ दिनसम्म गर्नुपर्ने स्याहारका बारेमा सबैलाई जिम्मेवार बनाउँदै आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालनमा रहेका उहाँको भनाइ छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार