२०८१, १२ श्रावण शनिबार

राजनीतिक आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री ओली

राजनीतिक आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, ११ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल (सङ्घीय संसद् र राष्ट्रिय सभा)को बैठकमा उहाँले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभयो । “२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धिको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धि संस्थागत भएन,” उहाँले भन्नुभयो, “२०६२÷६३ को जनआन्दोलनका उपलब्धिलाई पनि संस्थागत र सफल हुन नदिने मनसाय बोकेका केही मानिसहरु छन् । तिनको मनसाय पूरा हुन दिनुहुँदैन ।”

प्रधानमन्त्री ओलीले आजदेखि शुरु संसद्को अधिवेशन विधेयक अधिवेशन भएकाले सरकारले संसद्मा पेश गरेका विधेयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिनुभएको छ । “विधेयकहरु पारित भएपछि कानूनको रुपमा आउँछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस् । पार्टी नीति र सिद्धान्तअनुसार आफ्ना कुराहरु राख्नुहोस्,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सांसदलाई सरकारका काम कारवाहीका बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशनसमेत दिनुभएको छ । “सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस्,” उहाँले भन्नुभयो, “मन्त्रीहरुले पनि सांसदलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस् ।”
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : ०९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्