२०८१, १२ श्रावण शनिबार

चोरीमा सङ्लग्न नौ पक्राउ

चोरीमा सङ्लग्न नौ पक्राउ


काठमाडौँ, ७ पुस : चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडाँैको बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ जनालाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–१५ बनस्थली बस्ने नुवाकोट बिदुर नगरपालिका–४ का १८ वर्षीय सुनम थापासहित तीन महिला र पाँच पुरुष गरी आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरीको घटनामा अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेका अनिल तामाङलाई सोधपुछ गर्ने क्रममा चोरीमा सङ्लग्न रहेको खुल्न आएपछि अन्य व्यक्तिलाई टोखा नगरपालिका–९ सङ्गमटोलबाट गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु ९५ हजार, ब्रासलेट एक थान, मङ्गलसुत्र एक थान, बेरुवा औँठी एक थान, मोबाइल आठ थान, घडी तीन थान र लागुऔषध गाँजा करीब ५०० ग्रामसमेत प्रहरीले बरामद गरेको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । यसैबीच चोरी गरी फरार रहेका एक व्यक्तिलाई आज बिहान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले यही पौष ३ गते हिम इलोक्ट्रोनिकमा भएको चोरीमा सङ्लग्न सर्लाही हरिपुर नगरपालिका–१ का २८ वर्षीय नबेन्द्रकुमार सिंहलाई पक्राउ गरेको हो । सिंहलाई चोरीमा प्रयोग गरेको बा १९ च ३०८७ नम्बरको गाडी र ३२ इञ्चको सामसुङ् टिभीसहित बागबजारबाट पक्राउ गरिएको हो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ६ : ३१ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्