२०८१, १२ श्रावण शनिबार

डान्सबारबाट तीनसय बालबालिकाको उद्धार

डान्सबारबाट तीनसय बालबालिकाको उद्धार


गोदावरी, ६ पुस: नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ ।

‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामुदायिक प्रहरी सेवा केन्द्र अपराध नियन्त्रण महाशाखाले हाल देशभर १९२ सामुदायिक केन्द्र स्थापना गरेको बताउनुभयो । कूल ७५३ स्थानीय तहमध्ये ७४३ सँग साझेदारी गरिएको उहाँको भनाइ छ । “हरेक व्यक्तिले प्रहरीलाई अपराध नियन्त्रण गर्न सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले समाजमा हत्या, हिंसा, सम्बन्धबिच्छेद, जबर्जस्ती करणीलगायत घटना बढ्दै गएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालका कारण बढेका हिंसाका घट्ना सम्बन्धी विवाद सुल्झाउँदै लगेको सुवेदी बताउनुहुन्छ । “अठार वर्षभन्दा कम उमेरका किशोरी जबर्जस्ती करणीको शिकार हुने गरेका छन्,” उहाँले भन्नुभयो । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीसँगै स्थानीय तह र विद्यालयले साझेदारी कार्यक्रा सञ्चालन गर्नु आवश्यक छ । प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले अभिमुखीकरण कार्यक्रममा “समाजका बढ्दै गएको साइबर, मानव बेचबिखन, यौन दुराचार, हिंसालगायत घटना नियन्त्रण गर्न सबैको प्रयास हुनुपर्छ” भन्नुभयो ।

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ९ : ३० बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्