२०८१, २ माघ बुधबार

ट्याक्सीको वैज्ञानिक भाडा तोक्न माग

ट्याक्सीको वैज्ञानिक भाडा तोक्न माग


काठमाडौँ, ५ पुस: उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन –२०६९ लाई परिमार्जित गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेको हो । सो अवसरमा ट्याक्सी चालक पूर्ण तामाङले सरकारसँग आफूहरुले वैज्ञानिक भाडादर कायम गर्न माग गरेको बताउँदै अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् भन्ने आफूहरुको माग रहेको बताउनुभयो । “विसं २०६९ मा समायोजन गरिएको भाडादर आज पनि त्यही अवस्थामा छ, हाम्रो बारेमा केही सोच्नुपर्दैन ।”उहाँले भन्नुभयो ।

अर्का चालक राम थापाले ट्याक्सी चालकमाथि भइरहेको आक्रमणप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले हरेक चिजको मुल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा रु २५० तिर्नुपथ्र्यो, अहिले रु पाँच सय तिर्नुपर्छ, बीमा तेस्रो पक्षलाई रु पाँच सय थियो भने अहिले रु सात हजार ८०० छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।”

अधिकाँश ट्याक्सी चालकले उपभोग्य वस्तुको मूल्यवृद्धि भएको, सरकारले वैज्ञानिक र मेकानिजम तवरबाट जरिवाना र कारबाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायतका मागहरु राखेका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ५ पुस बिहीबार  ९ : ४० बजे

रवि लामिछाने धरौटी बुझाएर रिहा : बुटवल र चितवनमा आफै हाजिर हुने

काठमाडौं । सहकारीको रकम अपचलनका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

पिएसबीले जनताको सूचनाको हकको प्रत्याभूत गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्रको

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं