२०८१, १२ श्रावण शनिबार

नयाँ भवनको पर्खाइमा विद्यार्थी

नयाँ भवनको पर्खाइमा विद्यार्थी


काठमाडौँ, २४ मङ्सिर: प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यामिक विद्यालयका विद्यार्थी भूकम्प गएको चार वर्ष बितिलाग्न सक्दा पनि अझै टहरामा नै बसेर पढिरहेका छन् । भूकम्पले विद्यालयको एउटा भवन पूर्ण रुपमा ध्वस्त बनाइदिएपछि विद्यालयले दुईवटा कक्षाहरु टहरामा राखी पढाउँदै आएको छ । सडकनजिकैको विद्यालय त्यसमाथि नयाँ भवन बनाइरहेको आवाज आउँदा टहरामा बसेर पढ्ने विद्यार्थीको पठनपाठनमा असर परिरहेको छ । विद्यालयको कक्षा ८ मा अध्ययनरत सन्ध्याकुमारी साह टहरामा बसेर पढ्दा आफूलाई निकै सास्ती हुने गरेको भन्दै बताउनुहुन्छ, “जाडो महिनामा टहरामा शीत चुहिएर एकातिर समस्या, वर्षात्को समयमा जस्तामा परेको पानीको आवाजले पढ्नलाई अर्काे समस्या ।” तीन वर्षदेखि आफूहरुले यस्तै खाले समस्या बेहोर्दै आएको उहाँ बताउनुहुन्छ ।

सोही विद्यालयकी छात्रा विपना पाण्डे पनि त्यस्तै खाले समस्या बेहोर्दै आउनुभएको छ । विद्यालयको चौरमा नयाँ भवन निर्माणका लागि सामान राखिएको हुँदा खेल्न समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । विद्यालयमा शिशु कक्षामा २१, कक्षा १ मा १३, कक्षा २ मा १७, कक्षा ३ मा २०, कक्षा ४ मा १७, कक्षा ५ मा २७, कक्षा ६ मा ४४, कक्षा ७ मा ३३, कक्षा ८ मा ४०, कक्षा ९ मा ६३, कक्षा १० मा ५८, कक्षा ११ मा २३२ र कक्षा १२ मा २५१ गरी जम्मा ८३६ विद्यार्थी अध्ययन गरिरहेका छन् । हाल रु पाँच करोड ८७ लाखको लागतमा उक्त विद्यालयका लागि नेपाल सरकार र एडिबीको सहयोगमा २३ कोठे भवनको निर्माण भइरहेको छ । २०७३ साल असोजबाट पुनःनिर्माणको काम सुरु गरिएको उक्त विद्यालयलाई यही मङ्सिरमा पुरा गरिसक्ने भनिए पनि विद्यालयको पर्खाल निर्माण र रङ्गरोगनको काम अझै पूरा भइसकेको छैन ।

विद्यालयका छात्र किरण सुनारले नयाँ भवन बनिसकेपछि पठनपाठनमा केही सहजता आउने आशा राखेको बताउनुहुन्छ । “यतिका वर्ष टहरामा बिताइयो, अब नयाँ भवनमा पढ्न पाउने कुराले निकै नै उत्साह जागेको छ”, उहाँ बताउनुहुन्छ । विद्यालयमा पर्याप्त कक्षाको अभावका कारण दुईवटा कक्षाका विद्यार्थी एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता छ । सरकारले विद्यालयको भवन निर्माणका लागि समयमा नै बजेट नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको विद्यालयका प्रधानाध्यापक मीनाकुमारी कोइराला पोखरेलले जानकारी दिनुभयो । “विद्यार्थीलाई टहरामुनि नै राखेर पढाउनु पर्दा हामीले उनीहरुको बालअधिकार र शान्त वातावरणमा पढ्न पाउने अधिकार हनन् भएको हो कि जस्तो अनुभव गरेका छौं”, उहाँले भन्नुभयो । विद्यालयको निर्माण पूरा हुनासाथ विद्यार्थीलाई नयाँ भवनमा सारिने उहाँ बताउनुुहुन्छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ५ : ५९ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्