२०८१, १४ बैशाख शुक्रबार

करोडमा बिक्यो हनुमन्ते खोला, मेयरदेखि नेता र स‌ांसदकै मिलेमताे

करोडमा बिक्यो हनुमन्ते खोला, मेयरदेखि नेता र स‌ांसदकै मिलेमताे


भक्तपुर, मंसिर २४ :  एउटा खोलाको मूल्य कति हुन्छ ? हजार, लाख कि करोड । खोला त सार्वजनिक हो, यसको कुनै मूल्य हुदैन, यो किनबेच पनि हुदैन, यो नियम र कानूनका कुरा होलान् । तर सहमति बन्यो भने खोला करोडौं मूल्यमा बिक्री हुन्छ भन्ने कुरा यतिखेर भक्तपुरमा निकै चर्चाको विषय बनेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका र तत्कालिन बालकोट गाविस हुँदादेखि नै हनुमन्ते खोला फर्काउने चलखेल निकै पटक बन्यो । भूमाफियाले पैसा र पावरको आडमा प्रहरी, प्रशासन र माथिल्लो निकायसम्मलाई प्रभावमा पार्दै पटक–पटक हनुमन्ते खोला फर्काउने दुस्प्रयास गरिरहे । तत्कालिन समयमै करोडौंको खेल चलिरहयो । हनुमन्ते खोला बिक्ने र बिकाउने खेल चलिरहदाँ मध्यपुरथिमिका बासिन्दा यसको घोर बिरोधमा उत्रिरहे । बालकोट गाविस हुदाँ सिमा विवाद कै कारण फर्काउन नसकेको हनुमन्ते खोला तत्कालिन अनन्तलिङ्गेश्वर नगरपालिका हुदा पनि फर्काउने खेल चलिनै रहयो ।

भूमाफियाले राती–राती डोजर लगाएर खोला फर्काउन खोज्ने र मध्यपुरका बासिन्दा त्यसको प्रतिकारमा उत्रने काम भईनै रहयो । यो खेलमा ज्यान जाने खतरासम्म भए । हनुमन्ते फर्काउने र फकाएन नदिने दुईपक्ष बिच हतियार बोकेरै आक्रमण र प्रत्याक्रमणको खेल डरलाग्लो भईरहदाँ स्थानीय आतंकितसम्म बन्न पुगे ।

यसमा ठूला नेताहरुको चलखेल पनि निकै नै रहेको चर्चा चलिरहयो । खोला फर्काउने आठ वर्षको प्रयास अन्ततः देशमा जनप्रतिनिधीको बाहालीपछि सफल भयो । पक्ष र विपक्षमा उभिएका नेताहरु अन्ततः खोला फर्काउने नै सहमतिमा पुगेपछि त रोए जस्तो गर, म कुटे जस्तै गर्छु भन्ने उखान झै भयो र करोडाैँमा चलखेल भयो हनुमन्ते खोला ।

मध्यपुरठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ यतिखेर निकै चर्चामा छन् । एकवर्ष अघि जब भूमाफियाले हनुमनते खोला फकाउन आए, त्यस बेला प्रतिकारमा उत्रिए मेयर मदन सुन्दर । उनले कुनै हालतमा खोला फर्काउन नदिने अडान दोहर्याए । उनका अडानका कारण उनकै पार्टीका नेताहरु समेत उनीबाट बिच्किए । त्यसको भोलीपल्ट रातारात खोला फर्कियो । त्यसपछि किन हनुमन्ते विवादमा मेयर ओईलाए ? रहस्य बन्दै आएको यो चर्चाको यतिखेर घुम्तो उख्रिएको छ । अन्ततः हनमुन्ते खोला करोडौंमा बिक्री भएको चर्चा यतिखेर बजारमा ब्यापक चलेको छ । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ।

कमाउनेले हनुमन्तेबाट निकै कमाए, सानादेखि ठूलासम्मको नाम जोडिए । सबै पार्टीका नेताहरु हनुमन्ते खोलाको विवादमा मौन बसे । श्रोत भन्छ- दुईसाता अघि करोडको खेल र गोप्य भेलामा अन्ततः मेयर श्रेष्ठले सहमति जनाए पछि बल्ल खोला बिक्रीको रहस्य खुल्यो ।

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ८ : ०७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने