Logo

अख्तियारको ‘स्टिङ अपरेशन’ मा ११ कर्मचारी



हेटौँडा, २३ मङ्सिर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको साउनयता ‘स्टिङ अपरेशन’का क्रममा ११ जना कर्मचारी रङ्गेहात फेला पारेको जनाएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अख्तियारको हेटौँडा कार्यालयले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा ती कर्मचारीलाई रङ्गेहात फेला पारेको जनाएको हो । अख्तियारले चालू आवको पहिलो चौमासिक अवधिको विभिन्न मितिमा ‘स्टिङ अपरेशन’ चलाएको थियो ।

अख्तियार टोलीले धोबिनी गाउँपालिका पर्साका लेखापाल कृष्णानन्दन राय र नायब सुब्बा ऐनामूलक अन्सारीबाट रु एक लाख १० हजार, शहरी विकास तथा भवन डिभिजन कार्यालय भैरहवाका डिइ सुरेश ठाकुर पत्नी अनिता ठाकुरबाट रु १२ लाख ५० हजार नगद र रु २४ लाख २२ हजारको बैंक भौचरसहित रङ्गेहात फेला पारेको हो । मकवानपुर थाहा नगरपालिका पालुङबाट सव–इञ्जिनियर कलराज न्यौपाने रु दुई हजार, जुद्ध मावि गौरका शिक्षक प्रमोद ठाकुरबाट ४५ हजार, नापी कार्यालय गौरका धीरेन्द्रकुमार ठाकुरबाट रु १४ हजारसहित नियन्त्रणमा लिएको हो ।

विद्युत् प्राधिकरण भरतपुरका कार्यालय सहायक कृष्णबहादुर सुवेदीबाट रु २० हजार, वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखा अधिकृत मन्जुर आलम, नासु शशिभुषण साहबाट १ लाख, शिक्षा विकास तथा समन्वय एकाइ पर्साका उपसचिव लालबाबु साहबाट रु ४० हजार र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार सुधामा हजारबाट रु एक लाखसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारको हेटौँडा कार्यालयले चालू आवको कात्तिक मसान्तसम्म ५५५ उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये २५५ उजुरी फछ्र्याैट भइसकेका छन् । विस्तृत अनुसन्धान भइरहेका ५६ मध्ये २३ मुद्दामात्र फछ्र्यौट भएका छन् । हेटौँडास्थित कार्यालयले बारा, पर्सा, चितवन, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, दोलखा र रामेछाप जिल्ला हेर्दै आएको छ । आयोगका कार्यालय प्रमुख हुमकला पाण्डेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित उजुरी बढी आउने गरेको बताउनुभयो । आयोगले दिएका सुझाव पालना नगर्दा, सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा भ्रष्टाचार नियन्त्रणमा समस्या देखिएको उहाँको भनाइ छ ।

अख्तियारद्वारा आयोजित क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीले प्रदेश सरकारको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार