२०८१, ११ बैशाख मंगलबार

तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्यः मन्त्री पुन

तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्यः मन्त्री पुन


जनकपुरधाम, २२ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मुलुक नयाँ युगमा प्रवेश गरेको अनुभूतिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ संसदीय दलद्वारा आज यहाँ आयोजित ‘वर्तमान अवस्थामा ऊर्जा र सिँचाइ विकासमा तीनै तहका सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सङ्घीयताका आधारमा संरचनागत रूपान्तरण कार्य सम्पन्न भएपछि परिणामसमेत आउन शुरू हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पुनले भन्नुभयो, “विविधता, भूगोल, बसोबासलाई दृष्टिगत गर्दै समन्वयात्मक ढङ्गले विद्यमान समस्याको समाधान गरी आम नागरिकलाई सुशासनको प्रत्याभूति गराउनु जरूरी छ ।” “सुशासन, विकास हुँदै समृद्धि हासिल गर्ने सरकारको लक्ष्य हो”, उहाँले भन्नुभयो, “सुशासन, विकास र समृद्धिको यात्रामा अब कुनै बहाना हुँदैन, धैर्यतापूर्वक जिम्मेवार भई तीनै तहका सरकारले आ आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ ।”

मन्त्री पुनले आगामी वर्षमा आर्थिक विकासको विकसित जगको परिकल्पना सरकारले राखेको स्पष्ट पार्दै गैर जिम्मेवार प्रवृत्तिको अन्त्यका लागि तीन वटै तहका सरकारको अग्रसरताको खाँचो रहेको बताउनुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजनाको कार्यान्वयन, चुरेको संरक्षण र सङ्घीयताको अनुभूति गराउने कार्यलाई सङ्घीय सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्रप्रसाद सोनारले प्रदेशमा कार्यालय स्थापना हुने तर अधिकार र कागजात केन्द्रमा नीहित रहेका कारण अन्योलको अवस्थातर्फ सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै सङ्घीयताको मर्मअनुसार क्षेत्राधिकारको विनियोजन हुनुपर्दछ भन्नुभयो । पूर्वमन्त्री प्रभु साहले कोशीको पानी कमला र वाग्मतीमा ल्याउने सिँचाइ परियोजनाको कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै परम्परागत नहर प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश नं २ का ७२ प्रतिशत जनताले विद्युत् सेवा पाइरहेको उल्लेख गर्दै यस प्रदेशका करीब एक लाख जनता गरीबीका कारण मिटर जडान गर्न नपाएको तथ्य प्रस्तुत गर्नुभयो । प्राधिकरणले यस प्रदेशमा विद्युतीकरण र वितरण प्रणालीका लागि रु साढे सात अर्ब रकम बराबरको योजना तर्जुमा गरेको जानकारी दिदैं उहाँले विद्युत् चोरी नियन्त्रण कार्यमा सबैको सहयोगका लागि आग्रह गर्नुभयो । नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र सिँचाइ विभागका सचिव डा सञ्जय शर्माले प्रदेश नं २ को ऊर्जा, जलस्रोत र सिँचाइ, विकासका पूर्वाधार र आवश्यकतामाथि प्रकाश पार्नुभयो ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ८ : ५४ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने