Logo

बिहानीपख ‘मर्निङ वाक’ स्वास्थ्यका लागि खतरा



काठमाडौं,मंसिर २२ : केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ।त्यसमा पनि बिहानीपख सबैभन्दा उच्च वायुप्रदूषण हुने गरेको वातावरणविभागको तथ्यांक छ।त्यसैले स्वास्थ्यका लागि ‘मर्निङ वाक’ जोखिम हुने भएकाले त्यसबाट बच्च स्वास्थ्यकर्मीको सुझाब छ ।

प्रदूषण बढ्ने भएकाले बिहानीपख खुला क्षेत्रमा गरिने हिँडडुल स्वास्थ्यका लागि हानिकारक हुने वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेलले बताए।आजको अन्नपुर्ण पोष्टमा यो खबर छ, प्रदूषित वायुलाई मास्कले समेत छेक्न नसक्ने भएकाले बिहानीपख कोठाभित्रै व्यायाम गर्नु प्रभावकारी हुने उनको भनाइ छ।

प्रदूषित वायु मानिसको फोक्सो हुँदै रक्तनलीसम्म पुगेर क्यान्सरसम्मको रोग निम्त्याउने डा. पौडेलको भनाइ छ।२.५ पीएमको वायु प्रदूषणको दर हेर्दा बुधबार बिहान ८ देखि ९ बजे १५१ माइक्रोग्राम प्रति घनमिटर पुगेको छ। सरकारले ४० माइक्रोग्राम प्रतिघनमिटर राष्ट्रिय मापदण्ड तोकेको छ। पाँच गुनासम्म प्रदूषण बढेपछि सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार