२०८१, १२ बैशाख बुधबार

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी


बाजुरा, २१ मङ्सिर: बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा मर्मत गर्न थालिएको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गतको बल्दे, दवारी, हरणेखोला, तिपाडा, ओलेना, पानीनाउला, थुवाकाँध र पावरहाउसदेखि मार्तडीको कारागार डिलसम्मको सडक बर्खाले पूर्णरूपमा क्षति पु्¥याएको थियो ।

बर्खामा भत्किएको सडक हिउँदयाम शुरु भइसक्दा पनि ठेकेदार कम्पनीले मर्मतमा चासो नदेखाएकाले जिल्ला भित्रिने र बाहिरिने सवारीसाधानलाई आवत–जावत गर्न जोखिम बढ्दै गहेको हुँदा प्रहरीले नै सक्रियता बढाएको हो । भत्किएका सडक पुनःमर्मत नहुँदा दुर्घटना हुने सम्भावना बढेकाले खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

बिहीबार बिहानैदेखि बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाट, प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुलगायत २० प्रहरीको सक्रियतामा सडकमा खसेका ढुङ्गा र पहिरो हटाउन थालिएको हो । गत असारदेखि भदौ मसान्तसम्म निरन्तर परेको वर्षासँगै सडक माथिबाट खसेको पहिरोले सडक नै जोखिममा पुगेको छ । सडक निर्माण कम्पनी पिएस कन्ट्रक्सन प्रालिले सदरमुकाम मार्तडीसम्मको सडक पुनःमर्मत नगरेको हो भने बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको पक्की सडक निर्माणको जिम्मा पाएको पिएस कन्ट्रक्सन प्रालिका इन्चार्ज प्रेम थापाले भने मङ्सिर मसान्तभित्र एक स्काभेटरसहित पाँच टिपर लगाएर पुनःमर्मत गरिसक्ने बताउनुभयो ।

विसं २०५१ मा अछामको साँफेबगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किमी सडकको शिालान्यास गरिएको २२ वर्षपछि सदरमुकाम मार्तडीमा बस सेवा सञ्चालन भएको थियो । बाजुरावासीले सदरमुकाम मार्तडीबाटै पक्की सडकमा यात्रा गर्ने धोको गएको वैशाख महीनाबाट पूरा भए पनि बर्खाले पक्की सडक भत्काएपछि अहिले ५७ किमी सडकमध्ये करीब पाँच किमी सडकमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : ५९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने